+
+

प्रधानमन्त्री उद्धार कोषमा एकैदिन सवा १० करोड संकलन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १२:४७

२१ असोज, काठमाडौं । बाढी पहिरो पीडितको उद्धारमा सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार एकैदिन सवा दश करोड संकलन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न राजनीतिक दल र वित्तीय संस्थाहरुले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार नेपाली कांग्रेसले ५० लाख र नेकपा एमालेले ५० लाख रुपैयाँ कोषलाई हस्तान्तरण गरेका छन् ।

यसबाहेक आइएमई ग्रुपबाट ५ करोड, नेपाल बैंक लिमिटेडबाट २ करोड, निर्माण व्यवसायी विकास परिषदबाट एक करोड, नेपाल इन्स्योरेन्सबाट ५१ लाख, एनएमबी बैंकबाट ५१ लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?