+
+

‘बेहुली फ्रम मेघौली’को पाइरेसीविरुद्ध निश्चलले दिए साइबर ब्युरोमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १३:१८

काठमाडौं । फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाही गर्न भन्दै सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता सामाजिक संजालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कार्वाहीको माग गर्दै बस्नेतले निवेदन दिएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

निवेदन दिन बस्नेत सोमबार बिहान ब्युरोमा पुगेका थिए । फिल्म बौद्धिक सम्पत्ति भएको र जतिपनि युट्युव र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कार्वाही गर्न भन्दै आफूले निवेदन दिएको समेत निश्चलले बताए ।

‘हाम्रो फिल्मलाई मार पर्‍यो, भएको पाइरेसीविरुद्धको कानून कार्यान्वयन गरिदिनुपर्‍यो भनेको हुँ’ निश्चलले भने, ‘उहाँहरुले यसतर्फ सघाउने वचन दिनुभएको छ ।’ फिल्मका महत्वपूर्ण अंश पाइरेसी गर्ने एकाउन्टको निगरानी गर्न समेत आफूहरुले आग्रह गरेको निश्चलले बताए ।

‘उहाँहरुले पाइरेसीमा स्थानीय कानून आकर्षित हुने र यसलाई अपराध मानिने बताउनुभयो’ उनले भने, ‘हामीले देखेको र उहाँहरुले देखेको पाइरेसीविरुद्ध कडाइ गर्ने कुरा पनि भयो ।’

यसरी पाइरेसी गर्दा धेरै कुरामा असर गरेको र दशैंमा आउने फिल्मलाई पनि मुस्किल पर्न सक्ने निश्चलको भनाई छ । ‘कानूनीरुपमै ट्याकल गर्नुपर्ने देखियो । विज्ञप्ति जारी गरेर मात्र हुँदैन । कार्वाही नै गर्नुपर्ने भयो’ उनले भने ।

चलचित्र विकास बोर्डले पनि विज्ञप्ति जारी गर्दै फिल्मको पाइरेसी नगर्न भनेको थियो । बोर्डले चलचित्र संघलाई यसमा कडिकडाउ गर्न भन्दै निर्देशनसहितको पत्र पनि काटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?