+
+

फिल्म ‘मायाका रङहरु’मा कलाकार हेरफेर, शीर्ष भूमिकामा मनिष राउत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १३:४७

काठमाडौं । कलाकार हेरफेर गर्दै फिल्म ‘मायाका रङहरु’ निर्माण हुने भएको छ । फिल्मको शीर्ष भूमिकामा ‘प्रेमगीत ३’ फेम्ड मनिष राउतले अभिनय गर्ने पक्का भएको छ ।

सोमबार जन्मदिन मनाइरहेका राउत फिल्ममा अनुबन्धित भएका छन् । उनलाई फिचर्ड गरेर निर्माताले टिजर पोस्टर समेत सार्वजनिक गरेका छन् । यसअघि पल शाहलाई लिड रोलमा लिएर फिल्मको घोषणा गरिएको थियो ।

तर, मनिषले पललाई रिप्लेस गर्नेछन् वा छैनन् भन्नेबारेमा स्वतन्त्र पुष्टि गरिएको छैन । यद्यपि, सबै नयाँ कलाकार लिएर फिल्म बनाउने निर्माताको तयारी छ । यसको अर्थ, पल यो फिल्ममा नहुने सम्भावना बलियो छ ।

पुनम तामाङले प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा बनाउने फिल्मलाई केवल तामाङले निर्देशन गर्नेछन् । निर्माता, निर्देशक र प्राविधिकको टीम पुरानै राखेर फिल्मको निर्माण थालिएको हो । तिहारपछि छायांकनमा जाने तयारी छ ।

मनिषले डेब्यु फिल्म ‘प्रेमगीत ३’मा पनि एक्सन रोलमा अभिनय गरेका थिए । ‘मायाका रङहरु’मा समेत उनी एक्सन अवतारमै देखिनेछन् । निर्देशक तामाङले यसअघि फिल्म ‘कृष्णलीला’ निर्माण गरेका थिए । यो फिल्म केवलको डेब्यु निर्देशकीय प्रोजेक्ट हुनेछ । बाँकी कलाकारको घोषणा चाँडै हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?