+
+

दशैं लक्षित महानगरको बजार अनुगमन तीव्र, १० दिनमा १३० पसल 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १७:१४

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

महानगरका अनुसार अनुगमन टोलीले १०-२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ ।

बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार ८२ वटा पसलले मूल्य सूची नराखेको र ६२ वटाले व्यवसाय दर्ता नगरेको पाइएको हो ।

तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको महानगरले जनाएको छ ।

पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ गरिएका जुस, कुकिज लगायत बिस्कुट, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसला, भिनेगर लगायतका खाद्य तथा पेय पदार्थहरु म्याद गुज्रेको पाइएको महानगरले जनाएको छ ।

महानगरको फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?