+
+

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपको पौने २ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १७:२६

काठमाडौं । प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र प्रभु बैंकका सञ्चालक राजेन्द्र मल्लको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

उक्त रकमले दैवी विपत्तीमा परेका नागरिकको उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास ग्रुपले लिएको छ ।

उद्धार कोषमा प्रभु बैंकले १ करोड तथा प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल लगायत कम्पनीले ७५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

प्रभु ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?