+
+

झापामा हत्या आरोपमा नाबालकसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १७:४३

२१ असोज, काठमाडौं । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र सोही ठाउँका एक नाबालक छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिले पक्राउ गरेको हो । १५ जेठ २०८१ को राति साढे ११ बजेतिर बाह्रदशी गाउँपालिका–५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजाम वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

लगत्तै खोजी तथा अनुसन्धानमा खटिएको प्रहरी टोलीले केही संकित व्यक्तिमाथि सोधपुछ गरेको थियो ।

अनुसन्धानकै क्रममा २० असोजमा बाह्रदशी–७ बिरिङ खोलामा अस्थिपञ्जर भेटिएको थियो । उक्त अस्थिपञ्जर हजामकै भएको पुष्टि भएपछि थप अनुसन्धान गरेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?