+
+

स्रोत नखुलेको १९ लाखसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १७:४७

२१ असोज, काठमाडौं । स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखाको बिगु गाउँपालिका–४ स्थायी घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही ठाउँ घर भई न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यूरोडबाट सोमबार पक्राउ गरेको हो । साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९  लाख रुपैयाँ स्रोत नखुलेको रकम प्रहरीले बरामद गरेको छ । उनीहरु न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्दै आएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?