
२१ असोज, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले सुकुम्बासी बस्तीमा फैलन सक्ने महामारीबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियु काठमाडौंका जिल्ला अध्यक्ष निराजन थापाको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै महामारीबारे सचेत रहन आग्रह गरेको छ ।
बाढी पहिरोपछि थापाथली र त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्तीमा थुप्रिएको फोहोरका कारण महामारीको खतरा रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘.. विपदका कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउनु पर्नेमा आजसम्म नहटाइदा उक्त बस्तीमा महामारी फैलिने सन्त्रासको बेदना सुन्न नसकेर …’ ज्ञापनपत्रमा लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4