+
+

‘छक्कापञ्जा ५’को ब्रेकअप गीतलाई करोडभन्दा धेरै भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १९:४०

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्कापञ्जा ५’को गीत ‘ब्रेकअप सङ्’लाई युट्युवमा १ करोडभन्दा धेरै पटक हेरिएको छ । दुई साताअघि रिलिज भएको यो गीतले सोमबार यो उपलब्धि हासिल गरेको हो ।

बाबुल गिरीद्वारा संगीतबद्ध गीतमा गिरी र दीपाश्री निरौलाको आवाज छ । शब्दप्रधान यो गीतलाई ब्रेकअपपछि प्रेमिकाप्रति आक्रोशित भावमा कम्पोज गरिएको छ । प्रशंसा र आलोचना भएको यो गीत सामाजिक संजालमा समेत चर्चामा छ ।

यो गीतमाथि लाखौं टिकटक भिडियो बनाइएको छ । युट्युवमा झण्डै ६ हजार कमेन्ट प्राप्त भएका छन् जसमध्ये अधिकांश सकारात्मक छन् । रिलिजपूर्व छक्कापञ्जा ५ का लागि यो सकारात्मक समाचार हो ।

‘छक्कापञ्जा’ सिरिजका अघिल्ला गीतहरु पनि करोड क्लबमा स्ट्रिमिङ भैरहेका छन् । ‘छक्कापञ्जा ५’कै अघिल्लो गीत ‘बिहे भाको छैन’लाई अहिलेसम्म ७२ लाख पटक हेरिएको छ । दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी स्टारर फिल्म विहिबारदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?