+
+

दशैं अवसरमा प्रकाश दुतराजले ल्याए ‘रेशम’, भेडा गोठालाको मर्मस्पर्शी प्रेमकथा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते २०:११

काठमाडौं । गायक प्रकाश दुतराजले दशैं छेकोमा नयाँ गीत ‘रेशम’ ल्याएका छन् । सोमबार सार्वजनिक यो सुमधुर गीतमा मेलिना राईसँग र उनको युगल स्वर समावेश छ ।

यी दुई जनाले ‘रिमै’पछि दोस्रोपटक सांगीतिक सहकार्य गरेका हुन् । शब्द र संगीत पनि दुतराजकै हो । भेडा गोठालाको प्रेमकथालाई यसमा चित्रण गरिएको छ ।

लेकमा छायांकन यो गीत कर्णप्रिय पनि उत्तिकै छ । भिडियोमा दुतराजसँगै विमला लिम्बुको अभिनय छ । नृत्य निर्देशन मौसम हिमालीको हो ।

धादिङको उत्तरी भेग रुबी भ्यालीमा भिडियो छायांकन गरिएको हो । अनिल मानन्धरको छायांकन रहेको भिडियो आकर्षक लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?