+
+

१५९ प्रतिनिधि सभा सदस्यले लिए कूटनीतिक राहदानी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १८:५७

२२ असोज, काठमाडौं । प्रतिनिधि सभामा १५९ जना सदस्यले कूटनीतिक राहदानी लिएका छन् ।

संघीय संसद सचिवालयको विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधि सभाका १५९ जनाले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका हुन् ।

२०७९ साल मंसिर ४ गते चुनावबाट निर्वाचित भएर आएका प्रतिनिधि सभा सदस्यहरूले २०७९ साल पुष ७ गतेदेखि कूटनीतिक राहदानीको सिफारिस पाउन थालेका थिए ।

संसद सचिवालयले त्रैमासिक संसद दर्पण प्रकाशन गर्ने गर्दछ। पछिल्लो दर्पणमा उल्लेख भएको विवरण अनुसार पछिल्लो त्रैमासिकमा ११ जना प्रतिनिधि सभा सदस्यले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका थिए। यो सँगै कूटनीतिक राहदानीका लागि सिफारिस लिनेको सांसदको संख्या १५९ पुगेको हो।

राष्ट्रिय सभा सदस्यहरूको विवरण भने २०७४ साल फागुन देखिकै एकीकृत रुपमा राख्ने गरिएको छ। हालसम्म ८७ जना राष्ट्रिय सभा सदस्य (कार्यकाल सकिएकाहरूले विगतमा लिएको समेत समावेश)ले कूटनीतिक राहदानी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?