+
+

ललितपुरका पहिरो प्रभावितलाई रिटर्नी फेडेरेसनको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १२:०१

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले ललितपुरको गोदावरी नगरपालिकाका पहिरो पीडित चार घरपरिवारलाई राहत वितरण गरेको छ ।

गोदावरी नगरपालिका-५ का पहिरो प्रभावित परिवारलाई फाउन्डेसनले राहत उपलब्ध गराएको फेडेरेसनका ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

फाउन्डेसनका अनुसार पहिरो प्रभावितलाई चामल, दाल, चिउरा, ब्ल्यान्केन्ट, खाने तेल,  कपडा लगायत सामग्री हस्तान्तरण गरिएको हो ।

गोदावरी नगरपालिका-५ मा घरबाट भाग्ने क्रममा पहिरोमा परी २५ वर्षीया सविता महतको ज्यान गएको थियो भने उनको श्रीमान् हरि महत भने घाइते भएका थिए ।

पहिरोबाट घर पूर्णरूपमा क्षति पुगेपछि हरि महत आफन्तकोमा शरण लिएर बस्दै आएका छन् ।

यसैगरी पहिरोबाट प्रभावित रुपेश सिलवाल, दीपेश सिलवाल र सन्तोष सिलवालको परिवारलाई पनि राहत वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?