+

मैत्रीपूर्ण खो खोमा भारत विजयी

२०८१ असोज  २२ गते १८:३१ २०८१ असोज २२ गते १८:३१
मैत्रीपूर्ण खो खोमा भारत विजयी

२२ असोज, काठमाडौं। नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको ४ खेलको श्रृंखलामा भारत ४–० ले विजयी भयो ।

नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मार्‍यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, आयोजक खो खो संघका अध्यक्ष प्रदीप महर्जन, खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाल र भारतको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा भएको वरिष्ठ उपाध्यक्ष शाहीले जनाएका छन् ।

खो खो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय