+
+

दैलेखमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासस रासस
२०८१ असोज २२ गते २०:३७

२२ असोज, दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते हुनुभएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?