+
+

सेयर धितो कर्जामा कहिले मार्जिन कल गर्ने भन्ने ऋण दिँदै खुलाउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते ११:१५

२३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा मार्जिन कल गर्नेसम्बन्धी व्यवस्था उक्त कर्जाको प्रोडक्ट पेपरमा नै उल्लेख गर्नुपर्ने भएको छ ।

सेयर धितो कर्जा दिएका ऋणीलाई कस्तो अवस्थामा मार्जिक कल आउँछ भनेर उक्त कर्जा लिँदाको बखतमा गरिने सम्झौतामा नै खुलाउने व्यवस्था गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यस्तै, सेयरको मूल्य घट्दै जाँदा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धमा पनि स्पस्ट व्यवस्था कर्जा लगानी गर्ने प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने भएको हो । यसमा नीतिगत व्यवस्थामा कुनै परिमार्जन भएको छैन ।

तर, राष्ट्रबैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै मार्जिन कल र सेयर बिक्री गरी कर्जा असुलउपर गर्ने व्यवस्था ऋणीलाई जानकारी हुनेगरी प्रोडक्ट पेपरमा नै खुलाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?