+
+

दशैंको दिन कस्तो रहला मौसम ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दशैंको सप्तमीदेखि दशमी (टीकाको दिन)सम्मको सम्भावित मौसमी अवस्थाबारे जानकारी दिन दशैं विशेष बुलेटिन जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १२:५२

२३ असोज, काठमाडौं । बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो जानकारी दिएको हो ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही थोरै स्थानमा मनसुनी वायु बाँकी छ । बागमती, गण्डकीसहित पश्चिम नेपालका भूभागबाट भने मनसुन बाहिरिसकेको छ ।

साथै सप्तमीदेखि दशैंको टीकाको दिनसम्म अहिलेको तुलनामा जाडो भने बढ्ने छ । अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

हेर्नुहोस् दशैं विशेष मौसम बुलेटिन-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?