
२३ असोज, बुटवल । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् ।
यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले स्वीकृति गरी आज बुधबार ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
ढकाल रुपन्देहीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् ।
मन्त्रिपरिषद गठनमा असन्तुष्टी जनाउँदै प्रमुख सचेतक तिमिल्सिनाले गत साउन २१ गते राजीनामा दिएका थिए । सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको भन्दै उनी असन्तुष्ट थिए ।
मन्त्रिपरिषदमा पार्टीबाट महिला प्रतिनिधित्व शून्य बनाइएको भनेर विरोध जनाउँदै आएकी सचेतक निमा गिरीले पनि एक महिना अघि राजीनामा दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4