
२३ असोज, काठमाडौं। घटनास्थापनदेखि आज बुधबार बिहान ६ बजेसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौं छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीका अनुसार बुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौं उपत्यका छाडेका हुन् ।
यो सडक मात्रैबाट काठमाडौं छाड्ने यात्रुहरुको विवरण हो । दशैंको अवसरमा घर फर्कने यात्रुहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरुलाई कारबाही समेत तिव्र पारिएको उनले बताए ।
मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
यसका साथै हवाईमार्गबाट पनि यो पटक उत्तिकै यात्रुहरु काठमाडौंबाट बाहिरिएका छन् ।
मुख्यगरी पूर्वी नेपालको मुख्य राजमार्ग वीपी हाईवे बाढी पहिरोका कारण अवरुद्ध भएपछि हवाई मार्गबाट उपत्यका छाड्नेहरुको संख्या पनि उल्लेख्य छ ।
प्रतिक्रिया 4