+
+

५० हजार नक्कली नोटसहित १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १४:४५

२३ असोज, काठमाडौं । ५० हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–७ बस्ने ३१ वर्षीय हजरूल खातुन छन् । एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेटसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय देवानगंज सुनसरी र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?