+
+

दशैंको अवसरमा झिलझिलेमा सांगीतिक मेला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १५:४३

झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिलेमा समाजसेवी सांस्कृतिक तथा सांगीतिक मिनी मेला हुँदैछ । कार्तिक ३ गतेसम्म जारी रहने मेला असोज २४ गतेदेखि सुरु हुँदैछ।

मेलामा दसैं लक्षित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजक क्लबका सुरज रिङलुङ्ग राई बताउँछन्। मेला विभिन्न राष्ट्रिय र स्थानीय संगीत ब्यान्डहरूको प्रस्तुति हुनेछन्।

पहिलो दिन असोज २४ गते एएस ब्यान्ड, २५ गते लिजाड ब्यान्ड, २६ गते डब्लुई ब्यान्ड, २८ गते बादल लिम्बु र नुमा राई लगायतका ब्यान्डहरूले सांगीतिक प्रस्तुति दिनेछन्। साथमा, हाउजी बिंगो तम्बोला खेलसमेत खेलाइनेछ।

मेलाबाट संकलित रकमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक र स्टेशनरी सामग्री वितरण गरिने उनले बताए। यसपटक पनि सामाजिक सेवा गर्ने लक्ष्यका साथ मेला लगाउन लागिएको अध्यक्ष मिलन सुब्बा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?