+
+

गुल्मीमा जीप दुर्घटना हुँदा १५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १८:१४

२३ असोज, बुटवल । बुटवलबाट गुल्मी शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटना परी जीपमा सवार सबै १५ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारले जानकारी दिए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको सुनारले बताए ।

बाग्लुङको बरेङडाँडा गाउँपालिका-३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएकोउनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?