+
+

लोकगायक अर्जुन सापकोटाले कसे लगनगाँठो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १९:४८

काठमाडौं । लोकगायक अर्जुन सापकोटाले लगनगाँठो कसेका छन् । बुधबार काठमाडौंमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमिका दीपा सिंखडासम्म विवाह गरे ।

गोंगबुको एक ब्यांक्वेटमा उनीहरुले विवाह गरेका हुन् । यी दुईबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।

कलाकारिता क्षेत्रभन्दा बाहिरकी युवतीसँग सापकोटाले विवाह गरेका हुन् । सिंखडा बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो ।

विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइ सहभागी थिए ।

गायक अर्जुन सापकोटाका ‘पछ्यौरी लिसियो, ‘बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन् । उनी गायनसँगै मोडलिङ समेत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?