+
+

दावा बनिन् विश्वका ८ हजार मिटर उचाइका सबै हिमाल चढ्ने पहिलो नेपाली महिला

दावाले २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसयता उनी चार पटक सगरमाथा शिखर पुगिसकिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते २०:३४

२४ असाेज, काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आराेहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।

दोलखाकी ३३ वर्षीया दावाले बुधबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन् ।

दावाले २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसयता उनी चार पटक सगरमाथा शिखर पुगिसकिन् ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले दावाको सफलताबाट पर्वतारोहण क्षेत्रमा महिला सहभागितामा थप ऊर्जा मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?