+
+

महोत्तरीमा एक युवतीको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते १०:१२

२४ असोज, जनकपुरधाम । महोत्तरीमा एक युवतीको शव फेला परेको छ । बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१/२२ वर्षीया युवतीको शव फेला परेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म खुलेको छैन । युवतीको सनाखतको प्रयास भइरहेको डिएसपी जयसवारले बताए ।

शव र घटनास्थलको प्रकृतिले हत्या हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको शवलाई पोष्टमार्टमका लागि बर्दिवास अस्पतालमा राखिएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?