+

दशैंको खानपान : मधुमेहका बिरामीले के कुरामा ध्यान दिने ?

२०८१ असोज  २४ गते १०:३४ २०८१ असोज २४ गते १०:३४
दशैंको खानपान : मधुमेहका बिरामीले के कुरामा ध्यान दिने ?

दशैंको स्वादिलो खानेकुराले दशैंलाई रमाइलो बनाउँछ, तर खानपानमा ध्यान नदिंदा चाडपर्वमा दीर्घरोगीलाई थप समस्या हुनसक्छ । अझ मधुमेहको समस्या त झन् खानपानसँग सम्बन्धित हुन्छ । त्यसैले मधुमेहको समस्या भएकाहरूले खानपानमा निकै नै ध्यान पुर्‍याउनुपर्छ ।

हुन त मधुमेहको समस्या भएका व्यक्तिले दशैंमा मात्र हैन, सधैं नै खानपान बार्नुपर्ने हुन्छ । मधुमेहको समस्यामा औषधि खाए पनि खानपानमा ध्यान दिइएन भने औषधिले काम गर्दैन । औषधि खाने तर खानपान नबार्दा सुगर लेबल बढ्छ । त्यसैले खानपान र औषधि दुवैलाई मिलाएर लैजानुपर्छ ।

सामान्य बेलामा भन्दा दशैंको बेला घरमा धेरै काम हुने भएकाले समयमा खाना खाने मेसो भने मिलेको हुँदैन । बिहानको खाना एकैचोटि दिउँसो मात्र खान भ्याइने हुनसक्छ । यस्तोमा धेरै भोक लागेको हुन्छ र एकै पटक धेरै मात्रामा खाना खाइने हुन्छ । जसले सुगर लेबल घटबढ हुनसक्छ । त्यसैले दशैंमा मधुमेहको समस्या भएकाले खाना खाने समयमा एकदमै ध्यान दिनुपर्छ ।

रुजा थापा, पोषणविद्

जति नै व्यस्त भए पनि खाना खाने समय छुट्याउनुपर्छ । समयमा खाना खाइएन भने सुगर लेबल डाउन भएर ढल्न नै सकिने हुन्छ । त्यसैले खानपानको समयलाई ध्यान दिनुपर्छ ।

मधुमेहको समस्या भएकाहरूले कति समयमा, कति चोटि र कति मात्रामा खाना खाइयो भन्ने कुराले शरीरमा सुगर लेबल नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

दशैंको बेला मधुमेहको समस्या भएका व्यक्तिले गडबड गर्ने भनेको खानाको मात्रामा पनि हो । दशैं हो भनेर धेरै मात्रामा खाना खाने अझ खसीको मासु खाने गर्छन् । खसीको मासुमा धेरै बोसो हुने भएकाले यसले सुगर र प्रेसर बढाउन सक्छ । मासुको साथमा भात, चिउरा र आलुको अचार खाइन्छ यसमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ यसले पनि सुगर बढाउँछ । त्यसैले यस्ता खानेकुरा थोरै मात्र खानुपर्छ ।

दशैंमा गुलियो पेय पदार्थहरू जस्तै कोक, फ्यान्टा, जुस पनि खाने गरिन्छ यसले पनि सुगरलाई बढाउँछ । यस्ता खानेकुरा त खाँदै नखानु राम्रो हुन्छ । मासु खाँदा खसीको मासु कम खाएर कुखुराको मासु र अण्डा खानु राम्रो हुन्छ ।

मासुको परिकारसँग मैदाले बनेको परिकार जस्तो दालमोठ, चिप्स र तेलमा तारेको फुरन्दाना पनि खाइन्छ, यस्ता खानेकुराबाट पनि टाढै रहनु राम्रो हुन्छ ।

धेरै चिल्लो वा तारेको खानेकुराले पनि सुगरको मात्रा बढाउँछ । त्यसैले मासु तथा अन्य परिकार पकाउँदा कम चिल्लो प्रयोग गर्नु राम्रो हुन्छ । धेरै गुलियो र चिल्लो खानेकुरा कम गरेर अन्य खानेकुरालाई मात्रा मिलाएर दिनको चारदेखि पाँच पटक खाँदा मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

दशैंमा खानपानसँगै बिरामीले शारीरिक व्यायामलाई पनि बढाउनुपर्छ । बेलाबेलामा ग्लुको मिटरले चिनीको मात्रा पनि जाँच गरिरहनुपर्छ ।

दशैं खानपान मधुमेह स्वास्थ्य

धेरै कमेन्ट गरिएका

लेखक
रुजा थापा, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

शरीरलाई नभई हुन्न नुन, तर कति ?

शरीरलाई नभई हुन्न नुन, तर कति ?

शौचालयमा हुनसक्छ मस्तिष्कघात, कस्तो अवस्थामा बाँच्न सम्भव ? (भिडियो)

शौचालयमा हुनसक्छ मस्तिष्कघात, कस्तो अवस्थामा बाँच्न सम्भव ? (भिडियो)