+
+

दशैंको अष्टमीमा छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते १३:०५

२४ असोज, काठमाडौं। बडा दशैंको अवसरमा सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ ।

छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् शुक्रबार पुष्पवृष्टि गर्न लागेको हो ।

‘धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप हामीले अष्टमीको दिने पुष्प वर्षा गर्न लागेको हौैं,’ गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने ।

शुक्रबार बिहान १० बजे पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने उनले जानकारी दिए ।

छिन्नमस्ता शक्तिपीठलाई शक्ति र साहसको प्रतीक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?