+
+

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते १३:११

२४ असोज, काठमाडौं । विगत केही सातायता बुद्ध एयरका यात्रुले हवाईजहाजको इमरजेन्सी ढोका खोलेका घटना सार्वजनिक भएका छन् ।

२ अक्टुबरका दिन विराटनगर–काठमाडौं, ७ अक्टुबरका दिन नेपालगञ्ज–काठमाडौं र आज विहीबार फेरि विराटनगर-जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका छन् ।

आज बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन । यदि विनाकारण आपतकालीन ढोका खोलेमा उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजायँ हुने प्रावधान छ ।

उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?