+
+

एमालेले केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते १५:३०

२४ असोज, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो ।

आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा श्ुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको नेता छ ।

बैठकपछि उपमहासचिव प्रदीय ज्ञवालीले दिएको जानकारी अनुसार नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा हुने छ ।

यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो । त्यहाँ छोटो समयमात्र कार्यालय सञ्चालन गरेको एमालेले पछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो ।

खोला किनारमै रहेको च्यासलस्थित कार्यालयमा यस वर्षको मनसुन अवधिमा चार पटकसम्म बाढी पसेको थियो ।

नेकपा एमालेले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत र तथा पुनर्स्थापनाको काममा आफ्ना नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा अझै केही दिन परिचालित हुन निर्देशन समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?