+
+

लुम्बिनीका मुख्‍यमन्त्रीले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते १८:०६

२४ असोज, बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।

गृह जिल्ला अर्घाखाँची जाँदा आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगरी निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा गएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडि दशैं विदाभरीका लागि फिर्ता गरेका छन् ।

उनको स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?