+
+

‘छक्कापञ्जा ५’ लाई पहिलो दिन अस्ट्रेलियामा १५० शो

राजन घिमिरे राजन घिमिरे
२०८१ असोज २४ गते १९:४६

सिड्नी । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ बिहीबारबाट नेपालसहित अस्ट्रेलियामा पनि प्रदर्शनमा आएको छ ।

यो फिल्म अस्ट्रेलियाभर प्रदर्शनमा आएको छ । बिहीबार फिल्मले सिड्नी, मेलबर्न, क्यानबेरा, पर्थ, डार्बिन, ब्रिसबेन लगायत सहरका हलमा १५० भन्दा बढी स्क्रिनमा शो पाएको छ । अस्ट्रेलियामा कुनै पनि नेपाली फिल्मले पाएको यो हालसम्मकै उच्च शो रहेको वितरकले बताएका छन् ।

‘छक्कापञ्जा ५’ लाई रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा अस्ट्रेलिया भित्र्याएका हुन् । बक्स अफिस रिलिजको व्यवस्थापन भने नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले गरेका हुन् । कार्कीले यसअघि प्रेमगीत ३, प्रसाद २ र एैंचोपैंचो फिल्मलाई बक्स अफिस रिलिज गरेका थिए ।

‘छक्कापञ्जा ५’ हेर्न बिहीबार नेपालीहरूको बाक्लो बसोबास रहेको रगडेल, बरूउड, हर्सभिल, पारामाटा लगायत स्थानमा रहेका सिनेमा हलहरूमा दर्शकको भीड लागेको थियो ।

‘यहाँ रहनुहुने नेपालीहरूको सहजता र सुझावलाई ध्यानमा राखेर छक्कापञ्जा ५ को हामीले बक्स अफिस रिलिज गरेका थियौं । उहाँहरूको पहिलो दिनको उपस्थिति देखेर हामीलाई हौसला मिलेको छ’ नमस्ते इन्टरटेनमेन्टका  देव कार्कीले भने, ‘शुक्रबारदेखि शोहरू अझै बढ्ने संकेत देखिएको छ ।’

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?