+
+

दशैंको २ दिन रिङरोडमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २५ गते १४:१६

२५ असोज, काठमाडौं। नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा रिङरोडभित्र दुई दिन निःशुल्क बस सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौको रिङरोडमा निशुल्क बस सञ्चालन गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए ।

उनका अनुसार आज बिहान ६ बजे बाट सुरू भएको नि:शुल्क बसको पहिलो रूट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ ।

यस्तै अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला, कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको छ । चाडपर्बको समयमा सार्बजनिक गाडी कम गुड्ने भएकोले सर्बसाधारणको सुबिधाको लागि बस सञ्चालन गरिएको उनको भनाइ छ ।

यस्तै सशस्त्र प्रहरीले सर्वसाधारणका लागि भनेर देशभरी स्थानिय निकायसँगको समन्वय १९७ वटा लिङ्गेपिङ बनाइदिएको छ । विगत करिब १४ वर्ष देखिपिङ राख्ने कार्यलाइ यो बर्ष पनि निरन्तरता दिइएको उनले बताए ।

दशैंमा यसअघिका वर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले नि:शुल्क बस सेवा सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?