+
+

अहा पीङ ! चचहै चचहै !! (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज २५ गते २०:०३

२५ असोज, काठमाडौं । दशैंको अवसरमा पीङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पीङ, दोस्रो रोटेपीङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पीङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पीङको धेरै नै महत्व छ ।

केटाकेटीहरु रमाइलोका लागि पीङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पीङ खेल्नुपर्छ भन्ने मान्यता छ ।

गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पीङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ । काठमाडौंका थुप्रै ठाउँमा यस्ता पीङ बनाइएका छन् । कति ठाउँमा स्थानीयहरूले बनाएका छन् भने कतिपय ठाउँमा सशस्त्र प्रहरी बलले स्थानीय तहको समन्वयमा पीङ बनाइदिएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ स्थित इन्द्रथानमा स्थानीयहरूले पीङ मच्चाएका छन् ।

तस्वीरमा हेर्नुहोस् लिङ्गे पीङको मज्जा :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?