+
+

राष्ट्रपति पौडेलले गरे उपत्यकाका विभिन्‍न शक्तिपीठको दर्शन र पूजा (तस्वीरहरू )

रासस रासस
२०८१ असोज २५ गते १९:०३
बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौँको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्वीर : किरणराज विष्ट/रासस

२५ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८१ का अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलसँगै पत्नी सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् ।

राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ ।

यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादशैंका सन्दर्भमा आज काठमाडौं उपत्यका लगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

तस्वीरहरू : रासस

राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्नुहुँदै । तस्वीर : किरणराज विष्ट/रासस
राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा । तस्बिर : किरणराज विष्ट/रासस

राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा । तस्वीर : किरणराज विष्ट/रासस

राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्नुहुँदै । तस्वीर : नवीन पौडेल/रासस
राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको नक्साल भगवती मन्दिरमा । तस्वीर :  नवीन पौडेल/रासस
राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा । तस्वीर : हरिराम भेटुवाल/रासस
राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा । तस्वीर : हरिराम भेटुवाल/रासस
राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार विभिन्न शक्तिपीठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा । तस्वीर : नवीन पौडेल/रासस

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?