
२४ असोज, काठमाडौं । दैलेखको आठबीस नगरमा महिनावारी सम्बन्धी जनचेतना र महिलाहरूलाई निशुल्क प्याड वितरण गरिएको छ ।
प्याड वितरण अभियानले स्थानीय महिलाहरूलाई महिनावारीका बेला भोग्नुपर्ने चुनौतीहरू र गलत धारणाहरूको बारेमा छलफलपछि निशुल्क रुपमा प्याड वितरण गरेको हो ।
साथै महिलाहरूलाई महिनावारीका क्रममा अपनाउनुपर्ने सरसफाइका मापदण्डहरू, स्वास्थ्य सावधानीहरू, र प्याडको सही प्रयोगको विषयमा जानकारी समेत गराइएको छ ।
कार्यक्रममा महिनावारीलाई लुकाउनुपर्ने वा नकारात्मक रूपमा हेर्ने परम्परागत सोचाइलाई तोड्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए ।
कार्यक्रममा सहभागी भएका महिलाहरूले यस्ता सचेतनामूलक कार्यक्रमले महिनावारीका बारेमा भएका पुराना सामाजिक कुरीतिहरू हटाउन सहयोग पुर्याउने बताए । उनीहरूले महिनावारीलाई लाजको विषय नभइ यो प्राकृतिक प्रक्रिया भएकाले आफूहरू सचेत भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4