
२६ असोज, काठमाडौं । काठमाडौंको सिनामंगल-९ जोडपुलमा रहेको लक्ष्मीनारायण मन्दिरको जमरा सर्वसाधारणलाई नि:शुल्क वितरण गरेको छ ।
मिर्मिरे युवा समाजका अध्यक्ष दिनेशविक्रम शाहले घरमा जमरा नराखेका सर्वसाधारणलाई नि:शुल्क जमरा वितरण गरेको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘हामीले लक्ष्मीनारायण मन्दिरमा ७६ सालदेखि नै नि:शुल्क रुपमा दशैंको जमरा वितरण गर्दै आइरहेका छौं । यसवर्ष पनि हामीले जमरा नि:शुल्क जमरा उपलब्ध गराएका हौं।’
यस्तै उनले लोप हुँदै गएकाे संस्कृतिलाई जगेर्ना गर्न र आउँदाे पुस्ताकाे लागि धर्म रक्षति रक्षित: का साथ अगाडि बढाएको बताए । साथै २०८० साल असाेजबाट दैनिक रुपमा सन्ध्या आरती गर्दै आइरहेकाे मन्दिरको पुजारी रुपेश पाेख्रेलले बताए । उनले भने, ‘२०८० साल असोजदेखि दैनिक रुपमा आरती सन्ध्या मन्दिरमा गर्दै आएका छौं।’
‘मन्दिरमा घटस्थापनादेखि देवीहरूको पूजा अर्चना, होम गरेका छौं। नौ कन्याको पूजा, कालरात्रिको पूजा, लाख बत्ती बालेका छौं,’ उनले भने, ‘अन्तिम दिन दुर्गादेवीको पूजा अर्चना गरी देवी विसर्जन गरी जमरालाई प्रसादको रुपमा वितरण गरेका छौं।’
लक्ष्मीनारायणको मन्दिरको स्थापना २०७६ सालमा भएको हो ।
आज मान्यजनबाट टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।
घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4