+
+

प्रधानमन्त्रीले लगाए पिताको हातबाट दशैंको टीका

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २६ गते १२:३१

२६ असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?