
अभिनेत्री मनिषा कोइराला पूर्वराजाबाट टीका लगाउँदै । तस्वीर : आर्यन धिमाल
काठमाडौं । अभिनेत्रीद्वय मनीषा कोइराला र नीति शाहले पूर्वराजा ज्ञानेन्द्रबाट टीका ग्रहण गरेका छन् । निर्मल निवासमा आयोजित समारोहमा पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिए ।
राजसंस्थाको पक्षमा आफ्नो विचार व्यक्त गर्दै आएकी अभिनेत्री कोइरालाले अघिल्ला वर्षमा पनि पूर्वराजाबाट टीका लगाउँदै आएकी छन् । यसपटक उनी टीका लगाउन निर्मल निवासमा पुगिन् ।

अहिले हलमा चलिरहेको फिल्म ‘ज्वाइँ साब’की अभिनेत्री नीति शाहले पनि निर्मल निवासमा पुगेर पूर्वराजाबाट टीका ग्रहण गरेकी छन् । नीतिले यसअघि पनि पूर्वराजाबाट टीका लगाउँदै आएकी थिइन् । यसैबीच, वर्तमान मिस नेपाल आस्माकुमारी केसीले पनि पूर्वराजाबाट टीका ग्रहण गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4