+
+

नेपाली फ्यानलाई आलियाले दिइन् विजया दशमीको शुभकामना, ‘जिग्रा’ हेर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २६ गते १७:५३

काठमाडौँ । बलिउड अभिनेत्री आलिया भटट्ले आफ्ना नेपाली फ्यानलाई विजया दशमीको शुभकामना दिँदै आफू अभिनित फिल्म ‘जिग्रा’ हेर्न आग्रह गरेकी छन् ।

यो फिल्म शुक्रबारदेखि नेपालमा समेत प्रदर्शनमा आएको छ । वासन बालाले निर्देशन गरेको फिल्ममा आलिया र वेदांग रैनाको मुख्य भूमिका छ ।

भिडियो सन्देश जारी गर्दै आलियाले भनेकी छन्, ‘न्यानो अभिवादन नेपाल । विजया दशमीको हार्दिक मंगलमय शुभकामना । म अभिनित फिल्म सिनेमा घरहरुमा लागि रहेको छ । सपरिवार हलमा गएर सिनेमा हेरेर मजा लिनूस ।’

‘जिग्रा’ धर्मा प्रोडक्सन र इटर्नल सनसाइन प्रोडक्सनको ब्यानरमा करण जोहर, अपूर्व मेहता, आलिया भट्ट, शाहीन भट्ट र सौमेन मिश्राले निर्माण गरेका हुन् । फिल्ममा आलियाले जेठी बहिनी सत्य आनन्दको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो भाइ अंकुर आनन्दलाई विदेशी जेलबाट बचाउन संघर्ष गर्छिन्, जहाँ उनलाई यातना दिइन्छ ।

नेपालमा यो फिल्मलाई मनोज राठीको व्यांकटेस फिल्म्सले रिलिज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?