+
+

गुजरातमा पर्खाल भत्किंदा ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २६ गते १९:३८

२६ असोज, नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म ६ जनाको शव निकालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । बीबीसीका अनुसार एक १९ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ ।

गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँ नजिकै दिउँसो १२ बजेर ४५ मिनेट जाँदा पर्खाल भत्किएको हो ।

अधिकारीका अनुसार निर्माणस्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो । मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्याङ्कीका लागि खाल्डो खनेका थिए । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?