+
+

विप्लवको कृषि कम्युनमा घनश्याम भूसाल (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २७ गते १२:००
Photo Credit : बिनोद सी

२७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

कपिलवस्तुको शिवगढीस्थित विप्लव निवासमा दुई नेताबीच आइतबार बिहान भेटवार्ता भएको हो ।

एकीकृत समाजवादीका महासचिव भूसालले नेपाल कम्युनिष्ट पार्टीको कृषि कम्युन घुम्ने चाहना व्यक्त गरेकोले घुमघाम र भेटघाटको व्यवस्था मिलाइएको नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुका सचिव बिनोद सीले जानकारी दिए । ‘महासचिव भूसालले लामो समयदेखि हाम्रो कृषि कम्युन र पार्टी कार्यालय घुम्ने चाहना देखाउनुभएको थियो’ उनले भने, ‘उहाँ आफ्नो निर्वाचन क्षेत्र आउनुभएको बेला घुमघामको मेसो मिलाइएको हो, उहाँ अहिले पनि हाम्रो उत्पादन प्रणाली र पार्टी कार्यालय भ्रमणमा हुनुहुन्छ ।’

महासचिवद्वयबीच कृषि कम्युन अवलोकनसँगै समसामयिक राजनीतिक विषयमा केहीबेर संवाद पनि भएको उनले जानकारी दिए ।

तस्वीरहरूः बिनोद सि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?