+
+

पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिनु गलत : पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २८ गते १२:४५

२८ असोज, काठमाडौं। नेकपा एमाले नेता बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन व्यपारीबाट सहयोग लिनु गलत भएकी बताएकी छन् । यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनले बताइन् ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय बनाउँदैछ । २५ असोजमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । एमाले नेताहरुका अनुसार भवन निर्माण पनि व्यवसायी गुरुङले नै गरिदिने छन् ।

एमाले स्थायी कमिटी सदस्य पाण्डले पार्टीको यो कदमको विरोध गरेकी छन् । ‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो’, पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

यसरी पार्टी कार्यालय बनाउने निर्णय आत्मघाती सावित हुने भन्दै उनले सच्याउन माग गरेकी छन् ।

‘दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला’, पाण्डेले भनेकी छन्, ‘तर स्वीकार गर्ने पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परेको कुरा, जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।’

अझै समय रहेको भन्दै उनले एमालेको गौरब जोगाउन निर्णय सच्याउनुपर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?