+
+

हलको विकल्प खोज्ने निश्चलको चेतावनी, भन्छन्- अब घर घरमा फिल्म पुर्‍याइन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २८ गते १९:१७

काठमाडौं । प्रदर्शकसँग निर्देशक तथा निर्माता निश्चल बस्नेतको असन्तुष्टि रिलिजको समयमा प्रायः सतहमा आउँछ । ‘दिमाग खराब’को प्रदर्शन समयमा उपयुक्त शो नपाएको भन्दै उनले हल संचालकविरुद्ध आक्रोश पोखे ।

कमाइको आधा हिस्सा नपाए फिल्म उतादिर्ने भन्दै उनले चेतावनी दिएपछि चलचित्र संघ उनका मागमा सहमति जनाउन बाध्य भयो । उनको उक्त अडान र दबाब घरेलु फिल्मको ब्यापारमा एउटा महत्वपूर्ण ‘माइलस्टोन’ थियो ।

बस्नेतले आफू निर्मित पछिल्लो फिल्म ‘बेहुली फ्रम मेघौली’को मामिलामा पनि यस्तै असन्तुष्टि जनाएका छन् । राम्रो प्रतिक्रिया र दर्शकको राम्रो साथ पाउँदा पाउँदै पनि आफ्नो फिल्म उतारेको प्रति उनी एकैसाथ असन्तुष्ट र क्रोधित सुनिएका छन् ।

अकुपेन्सी कमजोर हुँदा पनि अहिले प्रदर्शन भैरहेको आलिया भट्ट स्टारर हिन्दी फिल्म ‘जिग्रा’लाई शो दिएकोप्रति उनी असन्तुष्ट छन् । सोमबार सामाजिक संजालबाट उनले यसबारे प्रतिक्रिया दिएका छन् ।

साथै, हलको विकल्प खोज्ने चेतावनी पनि दिएका छन् । तर, हलको विकल्प कस्तो प्रणाली हो भन्ने बारेमा उनले केही विशेषरुपमा उल्लेख गरेका छैनन् । सम्भवतः फिल्मलाई ओटीटीमा ल्याउनेतर्फ उनको संकेत हुनसक्ने अनुमान छ ।

उनको उक्त स्टाटसमा अभिनेता पुष्कर गुरुङ लेख्छन्- विकल्प, प्रत्येक एरियामा ५० सिट भएको मिनी हलको सुरुवात गरेमा पो ठीक हुन्छ त गाँठे ।’ जवाफमा बस्नेत लेख्छन्,- अब हलसम्म जान पर्दैन दाजु, घर घरमा फिल्म पुर्‍याइन्छ । विकल्प त्यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?