+
+

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर निष्कासन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २९ गते ११:३९

२९ असोज, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ ।

कम्पनीले हालको चुक्ता पूँजीको आधा अर्थात् १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो ।

कम्पनीलाई ७५ लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति दिइएको हो । कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ । हाल यस कम्पनीको सेयर मूल्य २७८ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?