
२९ असोज, जनकपुरधाम । नेपाल सदभावना पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मंसिर पहिलो साता जाकपुरधाममा हुने भएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी आगामी मंसिर १,२ र ३ गते राष्ट्रिय महाधिवेशन हुने जानकारी दिए ।
यसअघि महाधिवेशन वीरगन्जमा गर्ने कार्यकारिणी समितिले निर्णय गरेपनि स्थान परिवर्तन भएको अध्यक्ष महतोले बताए ।
महाधिवेशनका लागि अधिवक्ता रामचन्द्र महतो निर्वाचन अधिकृत रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गरेको छ । जसमा इन्दु सिंह सचिव र सुमन राय प्रवक्ता रहेका छन् ।
यसअघि १४ असारमा गठन गरिएको महाधिवेशन आयोजक समिति विघटन र उक्त समितिले गरेको काम कारवाहीको साथै सम्पूर्ण निर्णयहरु बदर गर्ने निर्णय भएको पार्टीका प्रवक्ता सदस्य सचिव नगेन्द्र सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4