+

साफ वुमन्स च्याम्पियनसिपका लागि श्रीलंकन टिम काठमाडौं आइपुग्यो

२०८१ असोज  २९ गते १७:३७ २०८१ असोज २९ गते १७:३७
साफ वुमन्स च्याम्पियनसिपका लागि श्रीलंकन टिम काठमाडौं आइपुग्यो

२९ असोज, काठमाडौं। साफ वुान्स च्याम्पियनसिप-२०२४ मा भाग लिन श्रीलंकाको टिम मंगलबार काठमाडौं आइपुगेको छ।

टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

च्याम्पियनसिप खेल्न पाकिस्तान, माल्दिभ्स र बंगलादेश यसअघि नै नेपाल आइपुगिसकेका छन् भने अन्य टोली आउने क्रम जारी छ।

भारतको टोली आजै आईपुग्नेछ भने भुटानी टोली बुधबार काठमाडौं आइपुग्नेछ।

साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करण कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

साविक विजेता बंगलादेश, सर्वाधिक ५ पटकको विजेता भारत र पाकिस्तान समूह ए मा छन् ।

यस्तै समूह बी मा घरेलु टोली नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंका छन् ।

च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तानबीच खेल हुनेछ ।

श्रीलंकन टिम साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय