+
+

ग्लोबल आईएमई बैंक र माइजोईबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १२:४१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच सम्झौता भएको छ । दुवै पक्षबीच भएको यो सम्झौता सँगै यूएईबाट नेपालमा रेमिट्यान्स पठाउन सहज हुने भएको छ ।

सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीले माइजोईको रेमिटेन्स एपबाट सहजै नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

माइजोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेकोले सम्झौताबाट आफूहरू उत्साहित बनेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।

माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारले आफ्नो आफन्तजनलाई द्रुत, सुविधाजनक र सुरक्षितढंगले पैसा पठाउन सकिने बताए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?