+
+

‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने निर्णय, ओटीटीमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १३:१५

काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । निर्माता निश्चल बस्नेतले हलको प्रदर्शनलाई स्थगित गर्दै एमएसएम भिडियो प्लाटफर्ममा फिल्म आउने जनाएका हुन् ।

फेसबुक पोस्टमा बस्नेतले विहिबारदेखि फिल्मको हल रिलिजलाई स्थगित गर्ने जनाएका छन् । हलले शो वितरणमा विभेद गरेको भन्दै असन्तुष्ट सुनिएका बस्नेतले केही दिनअघि हलको विकल्प खोज्ने आशय व्यक्त गरेका थिए ।

उक्त एपमा चाँडै फिल्म रिलिज हुने जनाउँदै बस्नेतले अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने उपलब्ध हुने उल्लेख गरेका छन् ।

बस्नेत पोस्टमा लेख्छन्, ‘हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई पनि धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामी नलगाउने निर्णय गरेका छौं ।’

निश्चलसहित स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्म दशैंको घटस्थापनामा हलमा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?