+
+

खानेपानी मन्त्रीले मन्त्रालय र विभागमा छड्के अनुगमन गरे

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १५:५५

३० असोज, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आज बुधबार मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् । दशैं बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दा समेत विभिन्न कार्यालयहरुमा कर्मचारीहरु उपस्थित नभएको गुनासो आएपछि छड्के अनुगमन गरेको बताए ।

उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिना सूचना अर्थात जानकारी बिना गैह्रहाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । उनले भने, ‘मन्त्री ज्युले आज अकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा गरी १३ जना गैरहाजिर भएका भेटिनु भएको छ । गैरहाजिर हुनुको कारण बुझनु पर्ने हुन्छ ।’

यसैगरी मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीहरुलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारी समेत लिएका थिए । उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन समेत कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?