+
+

‘मिस ग्लोब’को फाइनलिस्ट बनिन् नेपालकी मोनिका अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते २०:१०

काठमाडौं । ‘द मिस ग्लोब’को उपाधि कोलम्बियाले जितेको छ । बुधबार बिहान अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायना मोरेनोले ताज पहिरिएकी हुन् ।

नेपालकी मोनिका अधिकारी भने अन्तिम १६ सम्म पुग्न सफल भइन् । मिस ग्लोबमा यो नेपालको यो महत्वपूर्ण उपलब्धि हो । २० दिनसम्म चलेको प्रतियोगितामा मोनिका ‘हेड टु हेड च्यालेन्ज’ र ‘मस्ट पपुलर’ बिधामा फाइनलिस्ट पनि बनिन् ।

अधिकारी शुक्रबार स्वदेश फर्किदैंछिन् । मिस ग्लोब नेपाल मिस्टर एन्ड मिस नेसनलभित्रकै एक महत्वपूर्ण उपाधी हो । सनुर्वी इन्टरनेसनलका अध्यक्ष तथा पूर्वमिस्टर नेपाल सन्तोष उपाध्यायले सन् २०२१ मा मिस्टर सुप्रानेसनलमा थर्ड रनरअपसहित २ सहविधा जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?