+
+

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते ११:१७

१ कात्तिक, काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ ।

बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन १ लाख ६१ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९५० रुपैयाँमा चाँदीको कारोबार भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?